केकी अधिकारी र विजय बराललाई अवार्ड

केकी अधिकारी र विजय बराललाई अवार्ड



काठमाडौं । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा नायिका केकी अधिकारीले ‘बोक्सीको घर’ र विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रबाट अवार्ड पाएका छन् ।

समारोहमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्‍यो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा चलचित्र र सङ्गीतका विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्ष सङ्गीततर्फ २४ विधा र फिल्मतर्फ १२ विधामा अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै समारोहमा दीर्घसाधना सम्मान अभिनेता तथा निर्देशक शुभाष गजुरेललाई २५ हजार ५५५ सहित पुरस्कृत गरियो । पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १११ सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।