बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण: शंकर पोखरेल

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण: शंकर पोखरेल


ग्लोब नेपाल
162
Shares

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन – यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास अस्वीकार्य हुने बताए। चुनावको संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्न उठाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ।’

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता साझा जिम्मेवारी भएको र सूचना स्वतन्त्र भए पनि समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाल प्रयोग हुन नदिन सबैलाई सचेत रहन, तथ्य जाँच गर्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह गरेका छन् । पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताएका छन् ।