टी–२० विश्वकप : सुपर–एटमा इंग्ल्यान्डसँग न्युजिल्यान्ड पराजित

टी–२० विश्वकप : सुपर–एटमा इंग्ल्यान्डसँग न्युजिल्यान्ड पराजित



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ । श्रीलंकाको कोलम्बोमा एक सय ६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।

न्युजिल्यान्डले यो खेल जितेको भए सेमिफाइनलमा पुग्ने थियो । तर अब टोली पाकिस्तान र श्रीलंकाबीच आज हुने समूह–२ को सुपर–एट खेलको नतिजा पर्खनुपर्नेछ । तालिकामा न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ ।

पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३ ओभर १ बलभित्र पूरा गरेमा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्न सक्छ । इंग्ल्यान्डले ‘सुपर एट’ मा लगातार तेस्रो खेल जितेको छ । इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ ।