तेहरान । इरानका एक प्रमुख नेता अली लारीजानीले सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको मृत्युको बदला लिने चेतावनी दिएका छन् । अमेरिकाको मुटुमा छुरा हान्ने चेतावनी उनले दिएका छन् ।
लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् । ‘अमेरिकीहरूले इरानी जनताको मुटुमा छुरा हानेका छन् र हामी पनि उनीहरूको मुटुमा छुरा हान्नेछौँ ।’ उनले भने । अमेरिकी र इजरायली सेनाविरुद्ध थप प्रतिशोधको वाचा पनि उनले गरेका छन् । ‘हाम्रा सशस्त्र सेनाहरूको प्रतिक्रिया निकै बलियो हुनेछ’ उनको भनाइ छ ।
‘उनीहरूलाई थाहा हुनुपर्छ कि तिनीहरू हिर्काएर भाग्न सक्दैनन्,’ उनको भनाइ छ । लारीजानी इरानको शीर्ष निर्णयकर्ता हुन् । उनी खमेनीका प्रमुख सल्लाहकारसमेत रहेका थिए । राष्ट्रपति र न्यायालय प्रमुखसमेतको समावेश भएको अस्थायी नेतृत्व संरचना चाँडै स्थापना गरिने उनले बताएका छन् ।
इरान क्षेत्रका अन्य देशसँग युद्धमा नभएको तर मध्यपूर्वका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राख्ने पनि उनले बताएका छन् । उनले जोड दिँदै भने, ‘यो कुरा सदाको लागि स्पष्ट पार्नुपर्छ कि अमेरिकीहरूले इरान राष्ट्रलाई धम्क्याउन सक्दैन ।’


प्रतिक्रिया