काठमाडौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ । पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो ।
सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ ।
डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ । मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ ।


प्रतिक्रिया