तेल अभिभ । इजरायली सेनाले सोमबार इरानले इजरायलतर्फ नयाँ चरणको मिसाइल प्रहार गरेको जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा देशभित्र एकपछि अर्को गर्दै मिसाइलहरूको प्रहार भइरहेको पुष्टि गरिएको हो ।
सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाउँदै भनेको छ, ‘खतरालाई अवरोध गर्न रक्षा प्रणाली सञ्चालनमा भएको छ,’ ।
साथै सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोनमार्फत प्रारम्भिक चेतावनी सन्देश पठाइएको पनि बताइएको छ ।


प्रतिक्रिया