यात्रा प्रतिबन्धका कारण आबुधाबीमा रोकिएकाको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

यात्रा प्रतिबन्धका कारण आबुधाबीमा रोकिएकाको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने



काठमाडौं । यात्रा प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्स (यूएई) काे आबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको होटल खर्च त्यहाँको सरकारले बेहोर्ने भएको छ ।

आबुधाबीको संस्कृति तथा पर्यटन विभागले परिपत्र जारी गर्दै आबुधाबी क्षेत्रमा काबुबाहिरको परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ ।

विभागले होटलका महाप्रबन्धकहरूलाई पठाएको पत्रमा चेक–आउट मिति पुगे पनि काबुबाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च आबुधाबी संस्कृति तथा पर्यटन विभागले व्यहोर्ने भएको छ । आबुधाबीमा नेपाली नागरिक पनि धेरै प्रभावित हुने भएकोले यो निर्णयबाट राहत मिलेको छ ।