इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा



काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को फाइनलमा प्रवेश गरेको छ । भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

भारतले दिएको २ सय ५४ रनको ठूलो लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४६ रन मात्र बनाउन सक्यो । अन्तिम १८ बलमा ४५ रन आवश्यक छँदा १७औं ओभरमा जसप्रित बुमराहले ६ रन मात्र दिए ।

इंग्ल्यान्डका याकूब बेथेलले १ सय ५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि भारतको मुम्बईमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो ।

भारतका सन्जु सामसनले ८९ रन बनाए । अब उपाधिका लागि भारतले न्युजिल्यान्डसँग खेल्नेछ । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।