काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६४ हजार २३२ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७७ हजार ९४२ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९३ हजार १३७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ६६० मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४९ हजार ०९० मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार २७३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३५ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५, ३६६) मत रहेका छन्।


प्रतिक्रिया