सभापति गगन थापाले पदबाट राजीनामा दिनुपर्छ: जीतजंग बस्नेत

सभापति गगन थापाले पदबाट राजीनामा दिनुपर्छ: जीतजंग बस्नेत


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए । सांसद थापाले काँग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

उनले भने ‘जनताले जुन म्यान्डेट दिएको छ । त्यो स्वीकार्य छ । त्यही मान्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ । मेरो स्पष्ट भनाई के हो भने विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । नियमित महाधिवेशनवाला हामीले के भनेका थियौँ भने महाधिवेशन गरौँ । तर निर्वाचन आइसकेको छ । पार्टीमा सहमति, सहकार्य राष्ट्रिय एकता हुनुपर्ने हो नि त ।’

सांसद बस्नेतले गगन थापा लगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर काँग्रेस कब्जा गरेको आरोप समेत लगाए ।