काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म मिट्यान्स रकम ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षको यो अवधिमा विप्रेषण आप्रवाह १३७ अर्ब ५० करोड रहेको थियो । चालु आवको माघ महिनामा मात्रै १९८ अर्ब ८ करोड रहेको छ । अघिल्लोसमीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया