काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक अब भर्चुअल माध्यमबाट बस्ने भएको छ । यसअघि पार्टीले काठमाडौंको चःमति स्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय गरेको थियो ।
बैठकका लागि कार्यालय पुगेका नेताहरू भने बैठकको स्वरूप परिवर्तन भएपछि फर्किन थालेका छन् । उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा तथा नेता सोबिता गौतम लगायत नेताहरू बैठकका लागि केन्द्रीय कार्यालय पुगेका थिए ।
पार्टी सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्ने निर्णय गरिएको बताइएको छ । केन्द्रीय कार्यालयमा पुगेका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले बैठक भर्चुअल रूपमा सञ्चालन हुने जानकारी दिएका हुन् ।
रास्वपाले समानुपातिक सूचीमा नाम टुंग्याई निर्वाचन आयोगमा पठाउने तयारीका लागि सचिवालय बैठक बोलाएको जनाएको छ ।


प्रतिक्रिया