सभापति गगन थापाको राजीनामा अस्वीकृत गरिने

सभापति गगन थापाको राजीनामा अस्वीकृत गरिने


ग्लोब नेपाल
783
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गर्ने भएको छ । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने तय भएको छ । सभापति थापा बैठकमा सहभागी नहुने भएपछि शर्माले बैठक सञ्चालन गर्ने र थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

पार्टी स्रोतका अनुसार उपसभापति शर्माले चुनावी परिणामको जिम्मेवारी कुनै एउटा व्यक्तिले मात्र लिनु नपर्ने तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्नेछन् । ‘विशेष महाधिवेशनबाट चुनिएर आएको नयाँ नेतृत्वले चुनावका लागि निकै छोटो समय मात्र तयारी गर्न पाएको र पराजयको कारण एकल व्यक्ति नभएको निष्कर्षसहित बैठकमा प्रस्ताव लगिनेछ,’ कांग्रेसका एक पदाधिकारीले भने ।