काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका मन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट बिदाइ भएका छन् ।
बुधबार बिदाइ हुने क्रममा उनले ६ महिनाको कार्यकालमा गरेका १६६ वटा कामको सूची सार्वजनिक पनि गरेका छन् ।
उद्योग प्रशासन, लगानी प्रवर्द्धन, सुशासन, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनलाई केन्द्रमा राखेर गरिएका कामको सूची सार्वजनिक गरिएको उनको सचिवालयले जनाएको छ ।
सार्वजनिक गरिएको सूचीअनुसार सबैभन्दा धेरै काम वाणिज्य क्षेत्रसँग सम्बन्धित छन् । वाणिज्य क्षेत्रमा मात्रै ६४ वटा काम गरिएको उल्लेख छ ।


प्रतिक्रिया