अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन, हजारौं सहभागी

अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन, हजारौं सहभागी



काठमाडाैं । अमेरिकाका धेरै भागमा हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएको छ । नागरिकले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गरेका बीबीसीले जनाएको छ ।

विशेषगरी इरान युद्धका लागि अपनाएको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन भएको हो । देशका तीन हजारभन्दा धेरै ठाउँमा भएका ठूला साना प्रदर्शनमा हजारौँको संख्यामा नागरिक सहभागी भए । यो राष्ट्रब्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो ।

यसअघि पनि यस्तै प्रदर्शन गरिएको थियो । रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका मानिसहरू सहभागी हुँदै आएका छन् । प्रदर्शनकारीले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन तथा नाचगान एवं संगीतका माध्यमबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।