५० हजार नाघ्यो पश्चिम एसियामा अमेरिकी सैनिकको तैनाथी

५० हजार नाघ्यो पश्चिम एसियामा अमेरिकी सैनिकको तैनाथी


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । इरानसँग बढ्दो तनाव र युद्धकाबीच अमेरिकाले पश्चिम एसियामा आफ्ना सैनिकको उपस्थिति ५० हजार भन्दा बढी पुर्‍याएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार पछिल्लो पटक थप दुई हजार ५०० मरिन्स र दुई हजार ५०० जलसैनिक पश्चिम एसिया क्षेत्रमा पुगेपछि त्यहाँ अमेरिकी सेनाको सङ्ख्या ५० हजार पार गरेको हो ।

यो सङ्ख्या सामान्य अवस्थामा हुने तैनाथीभन्दा करिब १० हजारले बढी छ । सामान्यतया: खाडी क्षेत्रका साउदी अरब, बहराइन, इराक, सिरिया, जोर्डन र कतार जस्ता देशमा गरी करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहन्थे ।