काठमाडौँ । कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विभिन्न प्रलोभनमा कम्बोडिया पुगेर अवैध काम गरिरहेका १२ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्काएको हो ।
कम्बोडियामा अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ् केन्द्रहरू, क्यासिनोलगायत अन्य गैरकानुनी काममा लगाइएका र बिनाभिसा त्यहाँ बसेकाहरूको उद्धार गरिएको दूतावासले जनाएको छ ।
उनीहरूलाई कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार नेपाल पठाइएको हो ।
अझै पनि अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
अप्ठेरोमा परेका नेपालीहरूलाई सहजीकरणको दूतावास र गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू (शिवराज पराजुली, श्री लालसिहं खडका, रामजी कुमार छेत्री) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया