इरान छोड्ने तयारीमा अमेरिकी सेना, द्वन्द्व अन्त्य गर्ने ट्रम्पको संकेत

इरान छोड्ने तयारीमा अमेरिकी सेना, द्वन्द्व अन्त्य गर्ने ट्रम्पको संकेत


ग्लोब नेपाल
405
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् ।

ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ । यद्यपि उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा डिल हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन् ।

इरानका रक्षा मन्त्री मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन् । उनले यदि फेरि द्वन्द्व नचर्किने ग्यारेन्टी भए इरान युद्ध अन्त्यका लागि तयार रहेको बताएका छन् ।