दुई दिन बिदा हुँदैमा घुम्न नहिँड्नू : आयल निगम

दुई दिन बिदा हुँदैमा घुम्न नहिँड्नू : आयल निगम



काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । शनिबार र आइतबारको छुट्टीमा लामो दुरीको यात्रा तय गर्दै इन्धन खपत नबढाउन आयल निगमले आग्रह गरेको हो ।

इन्धनको कम खपतमा उपभोक्ताबाट निगमले सहयोगको अपेक्षा राखेको प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भने ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा छ भने डिजेलमा प्रतिलिटर १२० रुपैयाँ ५४ पैसा घाटा छ । यस्तै एलपी ग्यासमा ४१६ रुपैयाँ ३७ पैसा घाटा छ ।