काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गरेका छन् ।
सोमवार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले झन्डै २८ अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।
पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउने बित्तिकै २८ अर्ब रुपैयाँ ऋण लिएको भन्दै उनले आश्चर्य प्रकट गरे । पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वाभाविक भएपनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए ।
उनले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया