मबाट गल्ती भएको छैन, नजिककाले फसाए: सागर लम्साल

मबाट गल्ती भएको छैन, नजिककाले फसाए: सागर लम्साल


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । कलाकार सागर लम्सालले आफूबाट केही गल्ती नभएको बताएका छन् । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरिसँग उनले आफ्ना नजिककाहरूले नै सफलता हेर्न नसकेर आफूलाई फसाएको बताएका हुन् ।

‘मलाई मेरै नजिक भएकोले नै फसाए, तर म बाट केही गल्ती भएको छैन, मेरो सफलता हेर्न नचाहने साथी भाइ धेरै भए! ’ निर्देशक गिरीले हिरासतमा लम्सालसँग भएको संवाद स्मरण गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसपछि सत्र वर्ष मेहनत गरेको फल १७ सेकेन्डमा गएको भएपनि दर्शकले माया गरे भने फर्कन्छ भनेर सम्झाएर आएको निर्देशक गिरीले जानकारी दिए । उनले गलत गरेको छैन भने डराउनु पर्दैन भनेर सम्झाएको पनि बताएका छन् ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ । गत शनिवार लम्साल बूढानीलकण्ठबाट पक्राउ परेका थिए । यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

तर, हालसम्म उनीविरुद्ध प्रहरीमा औपचारिक किटानी जाहेरी दर्ता भएको छैन । यही कारणले प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग हिरासतको अनुमति मागेको हो ।

यसैबीच, कलाकार सागर लम्साल ‘बले’लाई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई आइतबार अनुमति दिएको छ ।