काठमाडौं । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग-२ को खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ ।
साथै वैशाख २९ गतेदेखि जेठ ८ गते (मे १२ देखि २२) सम्म अर्को खेल पनि तय गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार उक्त मिति घोषणा गरेको हो । नयाँ तालिकाअनुसार, स्थगित रहेको नेपाल यूएई र ओमान सम्मिलित खेल वैशाखमा हुनेछ । यो खेल १२ गते सुरु हुनेछ । जसअनुसार, नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग हुनेछ ।
कार्यतालिका अनुसार, नेपाल, ओमान र यूएईबीचको सिरिज गत २६ फागुनदेखि ६ चैतसम्म कीर्तिपुरमा हुनुपर्ने थियो । तर, क्यानले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गरी विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको थियो ।
पहिलो शृङ्खला सकिएलगत्तै अर्को साता नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग-२ को खेल हुनेछ ।




प्रतिक्रिया