काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा घाइते हुने नेपालीको संख्या २८ पुगेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
“पश्चिम एसियामा घाइते हुने नेपालीको संख्या २८ पुगेको छ । २७ जना सामान्य उपचारपछि घर फर्किसक्नुभएको अवस्था छ । एकजना खतरा मुक्त हुनुहुन्छ, अस्पतालमा हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
इरानले पश्चिम एसीयाली राष्ट्रमा आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।


प्रतिक्रिया