स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो : सांसद हर्क साम्पाङ

स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो : सांसद हर्क साम्पाङ


ग्लोब नेपाल
270
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा रहेकाहरूको सम्पत्ति विवरणसँगै स्रोत पनि खुलाए राम्रो हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले स्रोत बिनाको सम्पत्ति भ्रष्टाचार गरेको हुनसक्छ भन्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाई फिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रस्टाइदिनु पर्छ ।’