पूर्वउपसभापति खड्कालाई कारबाही सिफारिस गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै

पूर्वउपसभापति खड्कालाई कारबाही सिफारिस गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । समितिको बैठक ११ बजे बोलाइएको छ । समितिका संयोजक तारामान गुरुङका अनुसार समितिमा ५ हजारभन्दा बढी उजुरी परेको छ, त्यसबारे छलफल हुन्छ । पार्टीको पूर्व उपसभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यताका बारेमा आइतबार जारी गरेको विज्ञप्तिका बारेमा पनि छलफल हुनसक्ने संयोजक गुरुङले बताए ।

त्यसपछि आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्रे जनाइएको छ । कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । अनुशासन समितिले कारबाहीको सिफारिस गरेको विषयमा पनि छलफल हुने बताइएको छ ।