काठमाडौं । ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
इमाडोलमा रहेको उक्त सहकारीका अध्यक्ष पाठकलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरका एसपी गौतम मिश्रका अनुसार सहकारीको रकम अपचलनसम्बन्धी उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार हालसम्म गतिशील सहकारीमार्फत चार करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको आरोप छ । ‘अहिलेसम्म आएको जाहेरीका आधारमा उक्त रकम बिगो कायम भएको हो, अझै पनि पीडितहरू थपिँदैछन्, त्यसैले बिगो रकम बढ्न सक्ने देखिन्छ,’ एसपी मिश्रले भने ।
यस प्रकरणमा सहकारीको बचत रकम अपचलनसम्बन्धी कसुरमा अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया