‘अयोग्य’ महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

‘अयोग्य’ महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै ३ रिट निवेदन दायर गरिएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा आज बिहीबार सुनुवाइ हुने जानकारी दिए ।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।