मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, दर्जन प्रहरी घाइते

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, दर्जन प्रहरी घाइते


ग्लोब नेपाल
486
Shares

काठमाडौं । काठमाडौंको उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ ।

हिजो शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो । सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा का थिए । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आइतबार मात्र भत्काउन अनुरोध गरेको थियो । उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ ।