इरानसँग वार्ता गर्न जान लागेका अमेरिकी प्रतिनिधिहरूको पाकिस्तान भ्रमण रद्ध

इरानसँग वार्ता गर्न जान लागेका अमेरिकी प्रतिनिधिहरूको पाकिस्तान भ्रमण रद्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी पक्षसँग भेट्न पाकिस्तानको इस्लामावाद जान लागेका अमेरिकी प्रतिनिधिहरूको भ्रमण रद्ध गरेको घोषणा गरेका छन् ।

ट्रम्पले भने, ‘तपाईंले सायद सुन्नुभयो होला कि हामीले भ्रमण रद्ध गरेका छौं । हामीसँग सबै परिस्थिति अनुकूल छ । पर्याप्त नभएको कागजात दिनका लागि जहाजमा १५ घण्टा बिताउँदै आउने–जाने गरिरहन हामी चाहँदैनौं । त्यसैले हामी टेलिफोनमार्फत कुरा गर्नेछौं, र उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन् । फेरि पनि भन्छु, हामीसँग सबै कुराको नियन्त्रण छ । उनीहरूसँग व्यावहारिक रूपमा कुनै सेना बाँकी छैन, उनीहरूसँग कुनै नेता बाँकी छैनन् । नेताहरू को हुन् भन्ने हामीलाई थाहा छैन । नेता को हो भनेर कसैलाई थाहा छैन, मलाई लाग्दैन कि उनीहरूलाई नै आफ्ना नेता को हुन् भन्ने थाहा छ । यो धेरै महत्वपूर्ण छ । त्यसैले तपाईंले त्यो देख्नुभयो ।’

विटकफ र कुश्नर यस सप्ताहन्तमा अमेरिका–इरान वार्ताको दोस्रो चरणका लागि पाकिस्तान जाने कार्यक्रम थियो ।