काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष अग्रज खेल पत्रकारिता सम्मानबाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत भएका छन् ।
नक्सालमा आईतवार भएको मञ्चको २१औं वार्षिक साधारण सभाको अवसरमा यस वर्षको अग्रज खेल पत्रकारिता सम्मानबाट राउत र युवा पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे । अग्रज सम्मान पाएका राउतले सम्मानपत्रसहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।
लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै तीन दशक खेलकुद पत्रकारितामा बिताएका छन् । सो क्रममा उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए । सो क्रममा उनले दक्षिण एशियाली खेलकुद प्रतियोगितादेखि एशियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन् ।
रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभूवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्।


प्रतिक्रिया