काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

दलको नेता चयन प्रक्रिया अघि बढ्ने


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । पार्टीभित्र संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक बिहान ११ बजेका आह्वान गरिएको हो।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार बैठकमा सभापति गगन थापाले सहमतिको आधारमा संसदीय दलको नेताका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठक सम्पन्न भएपछि सोही दिन दिउँसो १ बजे पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूसँग थप छलफल हुने कार्यतालिका तय गरिएको उनले जानकारी दिए।

उनका अनुसार सभापतिबाट प्रस्तुत प्रस्ताव अनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दल नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ। यसअघि सहमतिको प्रयासलाई प्राथमिकता दिँदै शुक्रवारका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।