यस्तो छ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश

यस्तो छ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । सरकारले जारी गरेको सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।नेपाल राजपत्रमा प्रकाशित उक्त अध्यादेशमार्फत सार्वजनिक खरिद प्रक्रियासम्बन्धी विद्यमान कानुनी व्यवस्थामा आवश्यक परिमार्जन गरिएको छ ।

संविधानको धारा ११४ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको अध्यादेशले संघीय संसद् अधिवेशन नभएको अवस्थामा तत्काल संशोधन आवश्यक ठहरिएको उल्लेख गरेको छ ।

अध्यादेशमार्फत खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन तथा कार्यान्वयनसँग सम्बन्धित प्रावधानहरू थप स्पष्ट र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।