एफएनसीसीआई निर्वाचन सुरु, ढकाल र घिमिरे समूह आमनेसामने

एफएनसीसीआई निर्वाचन सुरु, ढकाल र घिमिरे समूह आमनेसामने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कमलादीस्थित प्रज्ञा भवनमा यतिबेला निर्वाचनको चहलपहल बढेको छ ।

साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेको प्यानलबीच प्रतिस्पर्धा हुनेछ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मंगलबार महासंघको ७३ पदका लागि निर्वाचन हुनेछ । कुल ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् ।

चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुनेछ । जसमध्ये जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्यमा निर्वाचन हुनेछ । यो निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने बताइएको छ ।

एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेको महासंघले जनाएको छ । निर्वाचनको नतिजा भने बुधबार मात्रै घोषणा हुनेछ ।