काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनमा एशोसियट सदस्यतर्फ सचिन ढकाले सर्वाधिक मत पाएका छन् । निर्वाचन समितिका अनुसार सबैभन्दा कम उमेरका ढकालले १३१८ मत पाएका छन् ।
उनी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । हालै सम्पन्न मतगणना अनुसार उनीसहित सबैभन्दा बढी मत ल्याउने १७ जना उम्मेदवारहरू विजयी भएका छन् ।
कसको कति मत ?
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत
यसअघि महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भइसकेका छन् ।
जिल्ला नगरतर्फ शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याएका थिए भने वस्तुगतका श्रेष्ठले ६३ मत लाए ।
वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी,नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भए । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको भने मत बराबरी (५०-५० मत) आयो ।
वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकीले कमला श्रेष्ठलाई हराइन् ।
जिल्ला नगर खुल्लातर्फको सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छ्त्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरि प्रसाद अर्याल विजयी भए ।
जिल्ला नगरबाट सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई विजयी भए । यसैगरी, द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मत पाएर विजयी भएका छन् । वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भए ।


प्रतिक्रिया