काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय सरोकारका विषयमा साझा रूपमा अघि बढ्ने सम्भावनाबारे छलफल भएको छ।
काठमाडौँको चाबहिल क्षेत्रमा भएको उक्त भेटवार्तामा जनजीवनसँग सम्बन्धित समस्याहरू समाधानका लागि समन्वयात्मक ढंगले काम गर्ने विषयमा विचार आदानप्रदान गरिएको स्रोतले जनाएको छ।
हाल विभिन्न सार्वजनिक व्यक्तित्वहरूबीच सहकार्यको चर्चा चलिरहेका सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहकार्य विस्तार गर्ने सम्भावनाबारे भइरहेको बहसबीच उक्त संवादलाई महत्त्वपूर्ण रूपमा लिइएको छ।


प्रतिक्रिया