मविरुद्ध फेक न्युज फैलाइयो: जगदीश खरेल

मविरुद्ध फेक न्युज फैलाइयो: जगदीश खरेल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने काम भएको दाबी गरेका हुन् ।

उनले हाल आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको उल्लेख गर्दै आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

‘अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा फेक न्युज फैलाइएको छ,’ उनले भनेका छन्, ‘गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।’

खरेलले भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारबाट आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्ने प्रयास भइरहेको समेत बताएका छन् । उनले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् ।