सार्वजनिक जग्गा खाली गराउन जारी सूचनाविरुद्ध धनुषामा सुकुम्वासीको विरोध प्रदर्शन

सार्वजनिक जग्गा खाली गराउन जारी सूचनाविरुद्ध धनुषामा सुकुम्वासीको विरोध प्रदर्शन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन्।

नगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने तयारी स्वरूप सूचना सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रभावित समूह सडकमा उत्रिएको हो।

प्रदर्शनका क्रममा शुक्रबार बिहान धनुषाको महेन्द्रनगरस्थित औरही पुल क्षेत्रमा सुकुम्वासीहरूले जनकपुर-ढल्केवर सडक खण्ड अवरुद्ध गरेका थिए। सडक अवरोधका कारण केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको जनाइएको छ।

स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन पहल गरिरहेको जनाएको छ। सार्वजनिक जग्गा व्यवस्थापन र अव्यवस्थित बस्ती हटाउने विषयलाई लिएर स्थानीय तह र प्रभावित समुदायबीच विवाद बढ्दै गएको देखिएको छ।