नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजदेखि जेठ ५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।