आजदेखि चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा

आजदेखि चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएका हुन् ।

‘एक मुठ्ठी बादल’ मा आँचल शर्मा, निशा शर्मा, उषा रजक, सहयोग अधिकारीलगायत कलाकारहरूको अभिनय छ, जसको निर्देशन सहारा शर्माले गरेकी हुन् । निर्मातामा अभिमन्यु दीक्षित, सारा फजिलत, सामिप्यराज तिमल्सेना, अनुप पौडेललगायत छन् ।

त्यस्तै ‘लाइफ ड्यामेज’ मा सुरक्षा पन्त, निमेश श्रेष्ठ, ईशा थापा, अमोघ अर्याललगायत कलाकारहरूको अभिनय छ, जसको निर्देशन निमेश श्रेष्ठले गरेका हुन् । फन रिभोलुसन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा फिल्म बनेको हो । हलमा यसअघि रिलिज फिल्म पनि प्रदर्शनरत छन् ।