स्नो रिभर्सको आईपीओ बाँडफाँड

स्नो रिभर्सको आईपीओ बाँडफाँड


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १ सय २५ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोला प्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ७७ हजार ८ सय १२ जनाले मात्र शेयर पाएका छन् ।

शेयर पाएका मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।