सेयर बजार परिसूचक र कारोबार दुवैमा गिरावट

सेयर बजार परिसूचक र कारोबार दुवैमा गिरावट


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । मंगलबार सेयर बजार सूचकांक घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन २७ अंकले वृद्धि भएको बजार आज भने ९.२४ अंकले ओरालो लागेको हो। सो गिरावटपछि समग्र नेप्से सूचक २ हजार ७७७ अंकको तहमा कायम भएको छ।

बजार सूचकसँगै कारोबार रकममा पनि कमी आएको देखिएको छ। अघिल्लो दिन ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ।

बजारमा सूचक र कारोबार दुवै घटेसँगै लगानीकर्तामा सतर्कता बढेको देखिएको विश्लेषण गरिएको छ।