काठमाडौँ। एभरेस्ट कलरको प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला गरिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत सेयर अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको हो ।
न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।


प्रतिक्रिया