एसियन गेम्स छनोट: उपाधिका लागि नेपालसँग हङकङ भिड्दै

एसियन गेम्स छनोट: उपाधिका लागि नेपालसँग हङकङ भिड्दै


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार अपराह्न १२:१५ बजेदेखि खेल सुरु हुनेछ।

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।