ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ

ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन । सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले साम्पाङलाई कारबाही गरेको हो ।

उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले जनाएको छ । गत २२ जेठ २२ मा उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए दुर्घटना परेर हातमा चोट लागेको भिडियो अध्यक्ष साम्पाङले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।