काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । आयोगले आज आइतबार एक सूचना प्रकाशित गर्दै ८ वडाध्यक्षहरू पदमुक्त भएको जानकारी दिएको हो ।
एमालेको केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले (हिजो) मंगलवार नै ती जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको सूचनामा उल्लेख छ।



प्रतिक्रिया