गृहमन्त्री सुधनले राप्रपा सांसद खुश्बुलाई भेटेर भने- ‘धम्की दिनेलाई कारबाही गर्छौं’

गृहमन्त्री सुधनले राप्रपा सांसद खुश्बुलाई भेटेर भने- ‘धम्की दिनेलाई कारबाही गर्छौं’


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठक चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी गरेका हुन् ।

‘तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ, उनले भनिन् ।’ तर कतिपय धम्कीहरू विदेशबाट आएको र कतिपय अपरिचित व्यक्तिबाट आएको पनि जानकारी गराएकी थिइन् ।

बैठकको आकस्मिक समयमा बोल्दै वलीले सनातन धर्मको पक्ष र जबरजस्ती धर्मान्तरण विरूद्ध संसदमा बोल्दा त्यस्ता धम्कीहरू आएको बताएकी थिइन् ।