काठमाडौँ। बिहीबार सेयर बजार ८.१४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.५७ अंक बढेको बजार आज घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २७२८ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने १३ को स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा १.४५ प्रतिशत घट्यो । व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.१७ र अन्य ०.९१ प्रतिशत घटे । होटल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढ्यो ।


प्रतिक्रिया