काभ्रेपलाञ्चोक । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको छ । घटनामा धेरैले यात्रु हताहत भएको अनुमान गरिएको छ ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार बस वीपी राजमार्गअन्तर्गत भकुण्डे नजिक बुद्धकोट डाँडो भन्ने स्थानबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। घाइतेहरूलाई भिरबाट माथि ल्याउने काम भइरहेको छ।
प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरूको टोली घटनास्थलमा परिचालित रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया