स्कटल्यान्डको सुखद् सुरुवात

स्कटल्यान्डको सुखद् सुरुवात


ग्लोब नेपाल
135
Shares

काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।

स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।

स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो । यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २-१ ले हराएको थियो ।