इरान-न्यूजिल्यान्डबीचको खेल बराबरी

इरान-न्यूजिल्यान्डबीचको खेल बराबरी


ग्लोब नेपाल
189
Shares

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।

खेलको सातौं मिनेटमा न्युजिल्यान्डका एलिजाह जस्टको गोलमार्फत् अग्रता बनाएको थियो । क्रिस बुडको पासमा जस्टले गोल गरेका हुन् । इरानले खेलको ३२ औं मिनेटमा रामिन रेजाइयानको सानदार फ्लिक गोलमार्फत् खेल १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ १–१ गोलमा सकियो ।

दोस्रो हाफको सुरुवातमै न्युजिल्यान्डले फेरि अग्रता बनायो । ५४ औं मिनेटमा क्रिस बुडकै अर्को पासमा एलिजाह जस्टले दोस्रो गोल थपेर टोलीलाई २–१ ले अघि बढाए । तर इरानले ६४ औं मिनेटमा मोहम्मद मोहेब्बीले रामिन रेजाइयानको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

त्यसपछि दुवै तर्फबाट कुनै गोल भएन । यद्यपि दुवैतर्फबाट गोल गर्ने दर्शनीय प्रयास भएका थिए । तर कुनै नतिजा आएन र खेल २–२ गोलको बराबरीमा टुंगियो ।